८ मंसिर, काठमाडौं । नेपाली सेनाको रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



गत मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीबाट रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथीमा बढेसँगै थापा आगामी प्रधानसेनापतिका प्रमुख दाबेदार बनेका छन् ।
हालका प्रधानसेनापति सिग्देल २०८४ भदौ २४ गते अवकाशमा जानेछन् । त्यसपछि उनको स्थानमा थापा प्रधानसेनापति बन्ने सम्भावना बलियो देखिएको छ ।
यसैगरी उपरथीमा बढुवा भएका मनोज थापालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
त्यस्तै, प्राविधिक सहायक रथीमा बढुवा भएका जगत शाह, पंकज रावल र शीतल बानियाँ तथा महासेनानीमा बढुवा भएका अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













