काठमाडौं, ८ मंसिर। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा कार्यरत रहेको आरोपमा एक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगले प्यूठानको सरुमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।



मगरले डिप्लोमा इन सिभिल इन्जिनियरिङको नक्कली प्रमाणपत्र पेस गरी सुरुमा रुम्जाटार माध्यमिक विद्यालय र त्यसपछि खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा करार सेवामा सब–इन्जिनियर पदमा काम गरेको आयोगको आरोप छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी भक्तपुरबाट जारी भएको देखिने झुट्टा प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा तथा विभिन्न लाभ र सुविधा लिएका थिए।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर भएको ठहर गर्दै आयोगले उनीविरुद्ध कैद र जरिवानाको सजाय मागदाबी गरेको जनाएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













