इस्लामावाद(पाकिस्तान), ३० फागुन (रासस/एएफपी) ः:
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक लक्ष्यहरू विरुद्ध ड्रोन प्रक्षेपण गरेर “रेड लाइन” पार गरेको शनिबार बताउनु भएको छ ।

सेनाले तत्काल प्रतिक्राया जनाएका कारण उनीहरु इस्लामाबाद नजिकै रावलपिन्डी स्थित मुख्यालयसहित उनीहरूको लक्ष्यमा पुग्न नसकेको बताइएको छ ।

तालिबान अधिकारीहरूसँग वायु सेनाको अभाव भएता पनि स्थानीय रूपमा उत्पादित ड्रोनहरू प्रयोग गरि आक्रमण गरेको विज्ञहरूले पुष्टि गरेका छन् ।

पाकिस्तानी सेनाले खसालेको ड्रोनको भग्नावशेषले दक्षिणपश्चिम क्वेट्टामा दुई बालबालिका र उत्तरपश्चिममा पेशावरको कोहाट र रावलपिन्डीमा एक–एक जना सर्वसाधारण घाइते भएको बताएको छ ।

सुरक्षा स्रोतहरूले ड्रोनहरू पत्ता लागाएपछि सावधानीका लागि राजधानी वरपरको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएको जनाएका छन् ।

यस अघि आक्रमणबाट अफगानिस्तानको राजधानी काबुलमा चार जना र सीमावर्ती प्रान्तहरूमा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत जरदारीको कार्यालयले अफगान तालिबानले रेड लाइन पार गरी पाकिस्तानी नागरिक क्षेत्रमा गरेको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ ।

पाकिस्तानमा आक्रमणपछि इस्लामवादी चरमपन्थीहरूलाई लक्षित गर्दै इस्लामाबादले गत महिना अफगानिस्तान विरुद्ध सैन्य कारबाही सुरु गरेको थियो ।

तालिबान सरकारले आतङ्कवादका लागि अफगान क्षेत्रको प्रयोग भएको कुरा अस्वीकार गरेको छ भने पाकिस्तानले सर्वसाधारणलाई लक्षित नगर्ने कुरामा जोड दिएको छ ।

पछिल्लो समयमा सीमामा बारम्बार झडपहरू हुँदा व्यापारमा दुई देश विचको व्यापारमा बाधा पुरÞ्याएको छ भने सिमाक्ष्ोत्रका बासिन्दाहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएएमए) ले शुक्रबार फेब्रुअरी २६ देखि अफगानिस्तानमा भएको झडपमा कम्तीमा ७५ जना सर्वसाधारणको मृत्यु हुनुका साथै १९३ जना घाइते भएको जनाएको छ ।

– – –

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ