कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । बीबीसी अधिकारीहरूको अनुसार दुर्घटनामा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको र दर्जनौं मानिसहरू घाइते भएका समाचारमा उल्लेख गरेको छ । वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाले विमानमा सेनाका ११४ जवान र ११ चालक दलका सदस्यहरू सवार रहेका बताएका छन् ।
विमान पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो सहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान दुर्घटनास्थलमा पुगेका उद्दारकर्मीहरू विमानको भग्नावशेषमा जिबित रहेका सेना र चालक दलका सदस्यको खोजीमा जुटेका समाचारमा उल्लेख छ ।


कोलम्बियाका रक्षामन्त्री पेद्रो साञ्चेजले भनेका छन्, ‘हरक्युलस सी–१३० ट्रान्सपोर्ट विमान प्युर्तो लेगुइजामोबाट उडान भर्ने क्रममा दुःखद दुर्घटनामा परेको छ । जसमा हाम्रो सुरक्षा बलका टुकडीहरू सवार थिए ।’ उनले पेरूको सीमा नजिकै भएको दुर्घटनालाई देशका लागि अत्यन्तै दुःखद घटना भनेका छन् । दुर्घटनामा परेको विमान अमेरिकामा निर्मित सी–१३० हरक्युलस विमान हो । यसको प्रयोग सैनिकहरूलाई आहोर–दोहोरमा हुँदै आएको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














