१७ चैत, काठमाडौं ।


इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ । सोमबार महान एयरलाइन्सको एउटा विमान अमेरिकी हमलामा क्षतिग्रस्त भएको हो । यो विमान मशहद विमानस्थलमा पार्क गरिएको थियो र नयाँदिल्ली आउने तयारीमा थियो ।
औषधि र अन्य अत्यावश्यक राहत सामग्री ल्याउन भारत आउने तयारीमा रहेका बेला विमानमाथि हमला भएको हो ।अमेरिका–इजरायल र इरानबीचको युद्ध आज ३१औँ दिनमा प्रवेश गरेको छ । तनाव साम्य हुने संकेत अझै देखिएको छैन ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














