काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सम्मेलन ठोस निष्कर्षमा पुग्न नसकेपछि निराशा व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनको असर न्यूनीकरण, उत्सर्जन कटौती तथा जलवायु वित्तका विषयमा अपेक्षाअनुसार सहमति जुट्न नसकेकोप्रति उनले असन्तुष्टि जनाएका हुन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले टर्कीको अन्ताल्यामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ३१औँ अन्तर्राष्ट्रिय सम्मेलन साझा निष्कर्षमा पुग्न नसकेकोप्रति गहिरो निराशा व्यक्त गरेका छन् ।

आइतबार जारी वक्तव्यमा महासचिव गुटेरेसले जलवायु सङ्कटको गम्भीरतालाई सम्बोधन गर्न आवश्यक सामूहिक प्रतिबद्धता र निर्णयमा सदस्य राष्ट्रहरूबीच सहमति कायम हुन नसकेको उल्लेख गरेका छन्

महासचिव गुटेरेसले जलवायु सङ्कटको सामना गर्न विश्वका देशहरूले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले जलवायु परिवर्तनको चुनौती समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य र ठोस प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ