काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ गते भारत गएका प्रधानमन्त्री शाह भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय छलफलमा सहभागी भएका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुका साथै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए । त्यस्तै, भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री शाह र मोदीबीचको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, हवाई तथा रेल सम्पर्क र पूर्वाधार विकासलगायत विषयमा छलफल भएको थियो ।

भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न विकास आयोजना अघि बढाउने, आर्थिक तथा ऊर्जा सहकार्य विस्तार गर्ने र दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने विषयमा सहमति भएको छ ।

भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ नेपाल फर्किएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ