विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गर्न सक्रिय रहेको बताएका छन्।

उनले प्रदेशको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रको लगानी आकर्षित गर्न आवश्यक वातावरण तयार पार्न सरकार प्रतिबद्ध रहेको बताए।

मुख्यमन्त्री कार्कीले वर्तमान परिस्थितिमा अनावश्यक विवाद र विभिन्न विषयमा अल्झिनुभन्दा विकास, आर्थिक समृद्धि र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

उनले प्रदेशको विकासका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ