काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना भइरहेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल आज मंगलबारदेखि सुरु भएका छन्। प्रतियोगिताको औपचारिक उद्घाटन भने आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुने भएको छ।

आजदेखि पुरुष फुटबल, महिला क्रिकेटलगायत विभिन्न खेलका प्रतिस्पर्धा सुरु भएका छन्। प्रतियोगिताका खेलहरू कर्णालीसहित बाँके र बर्दियाका विभिन्न स्थानमा सञ्चालन हुँदैछन्। दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल रहेका छन् ।दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रो सुर्खेतमै हुने निश्चित भएको हो ।

प्रतियोगितामा ३२ खेलका ३८४ स्पर्धा समावेश छन् भने सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएको टोली गरी ११ टोली सहभागी हुँदैछन्।

प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ