काठमाडौं । भारतको सिक्किमस्थित मंगन आसपास केन्द्रबिन्दु बनाएर मंगलबार भूकम्प गएको छ । भूकम्पको धक्का नेपालको कोशी प्रदेशका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको छ । भारत सिक्किमको मंगन जिल्ला आसपास आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान पौने सात बजेतिर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।

युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (EMSC) का अनुसार भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन गरिएको छ । भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको जनाइएको छ ।

भूकम्पबाट भएको क्षति तथा मानवीय हताहतीबारे प्रारम्भिक विवरण सार्वजनिक भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ