नारायणगढ–बुटवल सडकखण्डलाई हरियाली र सुन्दर बनाउने उद्देश्यले सडकको बीच भागमा रहेको डिभाइडरमा दुबो रोप्न थालिएको छ। सडकको सौन्दर्य बढाउनुका साथै वातावरणलाई हरियालीयुक्त बनाउने लक्ष्यसहित यो काम अघि बढाइएको हो।

सडक विस्तार आयोजनाका अनुसार गैँडाकोट, देवचुली र कावासोतीलगायत क्षेत्रमा दुबो रोप्ने काम भइरहेको छ। करिब ११३ किलोमिटर लामो सडकको बीचमा रहेको तीन मिटर चौडा डिभाइडरमा दुबो रोप्न थालिएको हो।

सडकको मुख्य कालोपत्र गर्ने काम लगभग सम्पन्न भइसकेको छ। अहिले सर्भिस लेन निर्माण, डिभाइडरमा रङरोगन, रेलिङ जडान तथा सडक किनारमा बिरुवा रोप्ने काम भइरहेको छ।

सडक विस्तारका लागि करिब १७ अर्ब रुपैयाँ खर्च भएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ