नयाँ दिल्ली । नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीका अनुसार दुई देशका प्रधानमन्त्रीबीच भएको वार्तामा क्रिकेटको विषयले समेत निकै समय लिएको थियो।
प्रधानमन्त्री शाहले खेलकुदमार्फत युवालाई सशक्त बनाउने योजनाबारे चर्चा गर्दै क्रिकेटलगायत अन्य खेलमा नेपाल–भारत सहकार्य बढाउन जोड दिएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको खेलकुद विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै खेलकुदलाई दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।



वार्तामा ऊर्जा, जलस्रोत, कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार तथा अर्थतन्त्रलगायत विषयमा पनि गहन छलफल भएको मिस्रीले जानकारी दिए। भ्रमणका क्रममा ‘विकसित भारत र समुन्नत नेपालका लागि संयुक्त दृष्टिकोण’ दस्ताबेजसमेत पारित गरिएको छ।
प्रधानमन्त्री शाहले रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारतले गरेको मानवीय तथा प्राविधिक सहयोगप्रति धन्यवाद दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास र प्रगतिमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
विदेश सचिव मिस्रीका अनुसार प्रधानमन्त्री शाहको युवा तथा दूरदर्शी नेतृत्वले नेपाल–भारत सम्बन्धलाई आगामी दिनमा थप मजबुत बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास भारतले लिएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













