धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उग्रतारा मन्दिरमा आज भव्य मेला लाग्दैछ। डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ ।मेलामा दर्शन तथा पूजाआजा गर्न विभिन्न स्थानबाट भक्तजनको घुइँचो लाग्ने अपेक्षा गरिएको छ।



स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने गर्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ ।किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साकी जातिका किसानले हलो जोत्ने क्रममा शिलामा चोट लाग्दा रगत बगेको थियो । किसानले त्यस ठाउँमा खान ल्याएको खिचडीले रगत रोकिएपछि देवी प्रकट भएको विश्वास गरिन्छ । सोही घटनापछि मन्दिर स्थापना गरी कात्तिक शुक्ल पूर्णिमामा पूजा तथा मेला लगाउने परम्परा सुरु भएको जनविश्वास छ ।
हरेक वर्ष विशेष धार्मिक महत्वका साथ लाग्ने यस मेलामा भक्तजनहरूले उग्रतारा देवीको पूजा–आराधना गरी सुख, शान्ति र समृद्धिको कामना गर्नेछन्। मेलालाई व्यवस्थित बनाउन आवश्यक तयारीसमेत गरिएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













