काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतबाट प्राप्त हुने १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण तत्काल उपयोग गर्नुपर्ने बाध्यता नरहेको बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा मंगलबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले उक्त रकम ‘लाइन अफ क्रेडिट’ भएकाले आयोजनाको आवश्यकता र प्रगतिअनुसार क्रमशः उपयोग गरिने स्पष्ट पारे।मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।



उनका अनुसार भारतबाट नेपालले ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा पाएको छ। ऋण विशेषगरी ऊर्जा क्षेत्रका परियोजना तथा प्रसारण लाइनजस्ता पूर्वाधारमा उपयोग गरिनेछ।
वाग्लेले नेपालमा करिब ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेकाले ऊर्जा क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको बताए। उनले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प उपलब्ध हुनु सकारात्मक भएको उल्लेख गरे।उनले नेपाललाई प्राप्त ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको लाइन अफ क्रेडिटले पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव हुन नदिने बताए । नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक लगानीलाई ध्यानमा राखेर भारतसँग लाइन अफ क्रेडिटको व्यवस्था गरिएको उनको भनाइ छ ।
यद्यपि ऋणको ब्याजदर, भुक्तानी अवधि र ग्रेस पिरियडबारे भारतसँग प्राविधिक छलफल हुन बाँकी रहेको उनले जानकारी दिए।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













