८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ सालपछि मुलुकको राजनीति सत्ता केन्द्रित हुँदा गत वर्ष भदौमा जेनजी आन्दोलन भएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले भदौ २३ र २४ गते भएका घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताए। उनले भदौ २३ गते भएको दमन र २४ गते भएको आपराधिक घटनाबारे महाधिवेशनबाटै छानबिन गर्नुपर्ने निष्कर्ष निकालिएको उल्लेख गरे।

‘भदौ २३ र २४ गते भएका घटनालाई अन्डरमाइन्ड गर्न हुँदैन, छानबिन गर्नुपर्छ,’ थापाले भने।

उनले पछिल्लो १० वर्षमा सरकारले जनतालाई दिनुपर्ने सेवा प्रभावकारी रूपमा दिन नसकेको पनि बताए। जनसाङ्ख्यिक परिवर्तन, बसोबासको स्वरूप, अर्थतन्त्रमा आएको बदलाव तथा विश्वमा नयाँ प्रविधि र माध्यमको विकासअनुसार सरकारको सेवा प्रवाह र डेलिभरीमा सुधार हुन नसकेको उनको भनाइ थियो।

थापाले बदलिँदो परिस्थितिअनुसार राज्य र राजनीतिक दलले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ