पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का आसपासका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको छ।

८ मंसिर, काठमाडौं । पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ताप्लेजुङको ओलाङचुङ गोलानजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो।उता अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको केन्द्रविन्दु सिक्किम राज्यको मंगन क्षेत्रको करिब ६७ किलोमिटर दूरीमा रहेको र १० किलोमिटर गहिराइमा गएको यूएसजीएसले उल्लेख गरेको छ ।

भूकम्पको धक्का कोशी प्रदेशका विभिन्न जिल्लामा समेत महसुस गरिएको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ