धादिङको गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको हो।

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डडेलधुराको अजयमेरु गाउँपालिका निवासी करिब २८ वर्षीय बरुण प्रसाद भट्ट रहेका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटनाको कारण र मृतकको पहिचानबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ