काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरीबतास नचल्ने बताएका छन् ।

मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गतको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको इतिहास, पृष्ठभूमि र विगतका कामका आधारमा मतदाताले मतदान गर्ने बताए ।

उनले संघीय निर्वाचनमा जस्तो जसलाई मतदान गरे पनि हुने अवस्था स्थानीय तहमा नरहेको जिकिर गरे । स्थानीय तहमा उम्मेदवारको पारिवारिक सम्बन्ध, नातागोता र कामबारे मतदातालाई राम्रो जानकारी हुने उनको भनाइ थियो ।

प्रचण्डले नयाँ राजनीतिक दलहरूले गरेका कामबारे नागरिकले विस्तारै बुझ्दै गएको उल्लेख गर्दै गाउँघरमा पनि उनीहरूको गतिविधिबारे जानकारी गराउनुपर्ने बताए ।

स्थानीय तहको निर्वाचनमा पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय भएर लाग्न आग्रह गर्दै उनले राम्रो परिणाम ल्याउन सके देश पुनः क्रान्तिको दिशामा अघि बढ्ने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ