काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा ६ बुँदे कार्यसूचीमाथि छलफल भइरहेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको संगठनात्मक गतिविधि तथा आगामी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ १. संगठनको आगामी कार्यभार ९‘हामी तयार छौँ’ अभियान ं अन्य०
२. भोटेकोशी र बूढीगण्डकी विपद् पछिको पुनःस्थापना र पुनर्निर्माण
३. विस्थापित सुकुम्बासीहरूको व्यवस्थापन लगायत नागरिक सरोकारका विषय
४. सरकारका पछिल्ला गतिविधिहरू
५. स्थानीय निर्वाचन बारे प्रारम्भिक छलफल
६. विविध

बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा आफ्नो धारणा राख्नेछन् । ६ बुँदे कार्यसूचीमा समेटिएका विषयमा छलफल गरी आवश्यक निर्णय लिने तयारी कांग्रेसले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ