यस वर्षको  शिक्षा दिवसका लागि मुल नारा  ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता’  तय भएको छ । शिक्षा दिवसको मुल नारा तय गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रीस्तरीय बैठकबाट उक्त मुल नारा टुङ्गिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले बताए ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज दुई गतेलाई गत बर्ष देखि शिक्षा दिवसका रुपमा मनाउन सुरु गरिएको छ । दिवसका लागि आदर्श वाक्य बनाउन भन्दै मन्त्रालयले विभिन्न शब्दहरू सार्वजनिक गरेका थियो ।

सोही शब्दहरुका आधारमा मन्त्रालयले आदर्श वाक्य तय गरेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ