काठमाडौँ, २८ जेठः


राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्तले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिका विषयमा प्रष्ट पार्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा समय माग गर्दै उहाँले राष्ट्रियसभा विशेष प्रकृतिको भएकाले अनिर्णयको बन्दी बनाएर राख्न नहुने उल्लेख गर्दै सीमासम्बन्धी विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्रीले प्रतिनिधिसभामा यही जेठ १७ गते दिनुभएको अभिव्यक्तिले वैदेशिक हस्तक्षेप बढाउने भएकाले तत्काल यसबारेमा प्रष्ट पार्नुपर्ने माग गर्नुभयो ।
नेकपा (एमाले) का सांसद प्रेमप्रसाद दङ्गालले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिले परराष्ट्र नीतिमा असर पर्ने भन्दै सिमानाको विषय राष्ट्रियतासँग जोडिएको हुनाले प्रष्ट पार्नुपर्नेमा जोड दिनुभयो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले राष्ट्रियता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको संरक्षणमा सबैले ध्यान दिनुपर्ने भन्दै प्रधानमन्त्रीले बोल्नुभएको कुरा कानुन बन्ने भएकाले गम्भीर भएर बोल्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले यही जेठ १७ गतेदेखि अवरुद्ध संसद् आज परराष्ट्रमन्त्रीबाट केही जवाफ आएपछि अघि बढेको भन्दै प्रतिनिधिसभामा प्रधानमन्त्रीले सीमाका बारेमा दिनुभएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन माग गर्नुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










