काठमाडौँ, २८ जेठः

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजेटमाथिको सामान्य छलफल गर्न यही जेठ २९ र असार १ गतेको समय तोक्नुभएको छ । छलफलपश्चात् अर्थमन्त्री वाग्लेले जवाफ दिनुहुने कार्यक्रम छ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २९ गते शुक्रबार अपराह्न १ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ