काठमाडौं, १० मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा तोकिएको छ । युरोको खरिददर १६१ रुपैयाँ १२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७८ पैसा रहेको छ ।



त्यस्तै, पाउन्ड स्ट्रलिङको खरिददर १९२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९३ रुपैयाँ १३ पैसा तथा स्विस फ्र्याङ्कको खरिददर १७६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर ९६ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर १०३ रुपैयाँ ७ पैसा र सिङ्गापुर डलर ११३ रुपैयाँ ९८ पैसा खरिददर कायम गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ६ पैसा, साउदी रियाल ३९ रुपैयाँ २६ पैसा र कतारी रियाल ४० रुपैयाँ ४१ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














