काठमाडौं । आज नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ भने केही पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ।
दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।



राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान छ। बिहानको समयमा उपत्यका, खोँच र तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्नेछ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














