काठमाडौं । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली बुधबार राति नेपाल आइपुगेको हो ।
प्रतियोगितामा नेपालले तीन खेल खेलेको थियो । जसमा नेपालले दुई खेलमा हार र एक खेलमा जित हासिल गरेको थियो । नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’सँग पराजित हुँदा युएईलाई भने हराएको थियो ।



अब नेपाली टोली एसिया आईसीसी एकदिवसीय विश्वकप ‘क्वालिफायर प्लेअफ’को तयारीमा केन्द्रित हुनेछ । उक्त प्रतियोगिता यही मंसिर १८ गतेदेखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














