काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न क्षेत्रमा सडक मर्मत तथा निर्माण कार्य गर्न शनिबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार घोप्टेभिरलगायतका क्षेत्रमा सडक निर्माण तथा मर्मत गर्न बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो।



उनका अनुसार अर्को सूचना जारी नभएसम्म दैनिक उक्त समयमा राजमार्गमा सवारी सञ्चालन रोकिनेछ। यद्यपि, यो व्यवस्था कति दिनसम्म लागू हुने भन्ने टुंगो लागेको छैन।
सडक निर्माणका क्रममा पोखरातर्फबाट आउने सवारीसाधनलाई आँबुखैरेनीमा रोकिनेछ भने नारायणगढ हुँदै जाने सवारीसाधनलाई जुगेडी र आँपटारीमा रोकिनेछ। केही सवारीसाधनलाई रमाइलो डाँडामा समेत रोक्ने व्यवस्था गरिएको छ।
मुग्लिन बजार क्षेत्रमा भने सवारी आवागमन नरोकिइने ट्राफिक प्रहरीले जनाएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













