काठमाडौँ     १२ साउन
पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

पाकिस्तानका विदेश मन्त्री विलावाल भुट्टो जर्दारीले उहाँ सङ्क्रमित भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

विदेशमन्त्री जर्दारीका पिता र राष्ट्रियसभाका सांसदसमेत रहनु भएका भुट्टोले अहिले स्वास्थ्य लाभ गरिरहनु भएको छ ।

उहाँले कोरोना भाइरसविरुद्धका खोपको अतिरिक्त मात्रासमेत लगाइसक्नु भएको थियो ।

उहाँ अहिले एकान्तबासमा रहनु भएको र सामान्य कामहरु त्यहीँबाट गरिरहनु भएको जनाइएको छ ।

“हामीले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ, उहाँको अवस्था अहिले सामान्य नै छ,” विदेश मन्त्री दर्जारीले भन्नुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ