काठमाडौँ
१४ साउन ;- भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ सङ्क्रमित भएका हुन् ।


संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ । ;
ती मध्ये एक लाख ४३ हजार ३८४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्कमा देखिएको छ ।
पछिल्लो समय भारतमा दैनिक नयाँ सङ्क्रमितहरूको ;सङ्ख्या र सक्रिय सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । ;
भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या पाँच लाख २६ हजार ३१२ पुगेको छ । ;
सङ्क्रमणमुक्त भएकाहरूको प्रतिशत ९८.४८ रहेको छ । पछिल्लो एक दिनमा २० हजार ९५८ जना सङ्क्रमणमुक्त भएका छन् । ; ; ;
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














