न्युयोर्क । अमेरिकाको स मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत सुनिश्चित गरेको छ ।



आयोवा राज्यमा अप्रत्याशित जित हासिल गरेसँगै डेमोक्रेटिक पार्टीले सिनेटमा आफ्नो नियन्त्रण स्थापित गरेको हो ।
रिपब्लिकन पार्टीको बलियो प्रभाव रहेका कन्सास, टेक्सस र साउथ क्यारोलाइनालगायत राज्यमा लगातार सफलता हासिल गर्दै डेमोक्रेटिक पार्टीले सिनेटमा थप ६ सिट जितेको छ । यससँगै सिनेटमा पार्टीको बहुमत सुनिश्चित भएको हो ।
निर्वाचनको पछिल्लो परिणामअनुसार, डेमोक्रेटिक पार्टीले हाल आफ्नो नियन्त्रणमा रहेका मिसिगन र मिनेसोटाका दुवै सिट गुमाए पनि सिनेटमा बहुमत कायम राख्न पर्याप्त सिट जितिसकेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













