दाङ । नेपाली कांग्रेसको देउवा पक्षको लुम्बिनी प्रदेशस्तरीय अधिवेशन दाङको भालुवाङमा सुरु भएको छ ।

अधिवेशनमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ । कार्यक्रममा पार्टीको संगठनात्मक अवस्था, आगामी राजनीतिक रणनीति तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शशांक कोइराला सहभागी हुने कार्यक्रममा १२ जिल्लाका प्रतिनिधिहरूको भेला छ ।

अधिवेशनले पार्टीभित्रको संगठन सुदृढीकरण र आगामी कार्यदिशाबारे महत्वपूर्ण छलफल गर्ने अपेक्षा गरिएको छ ।देउवा पक्षका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले कार्यक्रम सुरु भइसकेको र पूर्वसभापति देउवा पनि सहभागी हुने बताए । वक्ताहरूको संख्या धेरै भएकाले देउवा आइपुग्नुअघि नै कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए । यस प्रदेश अधिवेशनबाट लुम्बिनीमा देउवा पक्षको नयाँ नेतृत्वसमेत चयन गरिनेछ

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ