काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा सञ्चालन हुने ६ वटा विकास परियोजनासम्बन्धी कार्यक्रम सम्पन्न हुने भएका छन् ।समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी आयोजना शिलान्यास तथा हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री शाह र समकक्षी मोदीले ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरे ।यो आयोजना नेपाल र भारतको संयुक्त लगानीमा बन्ने छ । संखुवासभा चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ ।
भ्रमणका क्रममा एउटा परियोजना हस्तान्तरण, दुईवटा परियोजनाको उद्घाटन र तीनवटा परियोजनाको शिलान्यास गरिने कार्यक्रम रहेको छ ।



यी परियोजनाहरूले नेपाल र भारतबीचको विकास सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













