


७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहले राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन्।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी सहयोग तथा दुई देशबीचको सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
यसअघि प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटपछि दुवै देशबीच विभिन्न समझदारी तथा सम्झौताहरू आदानप्रदान गरिएको थियो।
त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी भएका शाहले राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन्।
दुईदिने भारत भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ। मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहले राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन्।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी सहयोग तथा दुई देशबीचको सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
यसअघि प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटपछि दुवै देशबीच विभिन्न समझदारी तथा सम्झौताहरू आदानप्रदान गरिएको थियो।
त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी भएका शाहले राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन्।
दुईदिने भारत भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal













