काठमाडौँ । नेपाल र भारतबीच भएको पछिल्लो सहमतिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान विस्तार हुने आशा बढेको छ ।

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनमा देखिएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको हो ।

नेपाल–भारतबीच हवाई रुट तथा उडान सञ्चालनसँग सम्बन्धित विषयमा भएको सहमतिले भैरहवा विमानस्थलबाट थप अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । यसबाट विमानस्थलको प्रभावकारी सञ्चालनसँगै यात्रु तथा पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्न लामो समयदेखि पहल हुँदै आएको छ । नयाँ सहमतिले उडान विस्तारका लागि देखिएका केही समस्या समाधान हुने अपेक्षा गरिएको सम्बन्धित अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ