काठमाडौँ । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागले ५० हिमाल आरोहणका लागि १९० टोलीका आरोहीलाई अनुमति प्रदान गरेको हो ।
शरद् ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल आरोहण अनुमति, ३३ करोडभन्दा बढी राजस्व सङ्कलन
काठमाडौँ । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागले ५० हिमाल आरोहणका लागि १९० टोलीका आरोहीलाई अनुमति प्रदान गरेको हो ।

विभागका अनुसार आरोहण अनुमति लिएकामध्ये एक हजार २५३ पुरुष र ३८० महिला रहेका छन् । उनीहरूबाट सरकारले ३३ करोड ४२ लाख ८६ हजार ६१७ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम २१ लाख ९७ हजार ७१० अमेरिकी डलर बराबर हो । आरोहण अनुमति शुल्कबापतको राजस्व अगस्टको अन्तिम सातादेखि सङ्कलन हुन थालेको हो ।

अनुमति प्रदान गरिएका हिमालमध्ये सबैभन्दा बढी आरोहीले मनास्लु हिमाल (८ हजार १६३ मिटर) आरोहणका लागि अनुमति लिएका छन् । मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन् । तीमध्ये ३७३ पुरुष र १२७ महिला छन् । मनास्लु आरोहण अनुमतिबाट मात्रै विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

देशगत रूपमा सबैभन्दा बढी फ्रान्सका १५० आरोहीले अनुमति लिएका छन् । त्यसैगरी चीनका १४६, अमेरिकाका १३०, रुसका १२४, बेलायतका ११२, जर्मनीका १०२ र नेपालका ९० आरोहीले अनुमति लिएका छन् ।

त्यस्तै स्पेनका ५६, स्वीट्जरल्यान्डका ५२, अस्ट्रेलियाका ४६ र चेक रिपब्लिकका ४२ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ