मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बर १० मा वर्षको अन्त्यमा आयोजना हुने वार्षिक पत्रकार सम्मेलन गर्ने भएका छन् ।
क्रेमलिनले बिहीबार दिएको जानकारीअनुसार कडा निगरानीमा सञ्चालन हुने टेलिभिजन कार्यक्रममा पुटिनले सर्वसाधारण तथा सञ्चारमाध्यमका प्रश्नको जवाफ दिनेछन् ।



रुसले युक्रेनमाथि युद्ध सुरु गरेको पाँचौँ वर्षगाँठ नजिकिँदै गर्दा पुटिनको यो सम्बोधन हुन लागेको हो । युद्ध अन्त्यका लागि मस्कोले विभिन्न युद्धविराम प्रस्ताव अस्वीकार गर्दै आएको छ । यसबीच युद्धमा ठूलो सङ्ख्यामा रुसी सैनिकको मृत्यु भएको र त्यसको आर्थिक भार सर्वसाधारणले समेत बेहोर्नुपरेको बताइएको छ । सरकारले युद्धप्रति असहमति जनाउनेहरूलाई दबाउँदै आएको आरोपसमेत लाग्दै आएको छ ।
सन् २००१ देखि नियमित रूपमा आयोजना हुँदै आएको यो कार्यक्रम सन् २०२२ मा भने रुसले युक्रेन युद्धमा सैन्य कठिनाइ सामना गरिरहेका बेला रोकिएको थियो ।
करिब एक चौथाइ शताब्दीदेखि सत्तामा रहेका ७४ वर्षीय पुटिनले पत्रकार सम्मेलनमा प्रायः धेरै घण्टासम्म सम्बोधन गर्ने गर्छन् । कार्यक्रममा रुसी नागरिकले देशभरबाट फोनमार्फत स्थानीय समस्या तथा जनजीवनसँग सम्बन्धित प्रश्न राख्नेछन् । साथै पुटिनले अन्तर्राष्ट्रिय तथा भू–राजनीतिक विषयमा पनि आफ्नो धारणा सार्वजनिक गर्नेछन् ।
कार्यक्रम मस्कोको स्थानीय समयअनुसार दिउँसो सुरु हुनेछ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














