काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा रहेको छ ।



त्यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ १० पैसा र बिक्रीदर १७७ रुपैयाँ ८२ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९० पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०४ रुपैयाँ १८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९३ रुपैयाँ १४ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ९८ पैसा रहेको छ ।
त्यस्तै, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १९ पैसा र बिक्रीदर ४० रुपैयाँ ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५१ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९८ पैसा र बिक्रीदर ११ रुपैयाँ ०२ पैसा रहेको छ ।
स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४ रुपैयाँ ५० पैसा, डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६७ पैसा र बिक्रीदर २१ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा पनि विनिमयदर संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुनसक्ने भएकाले अद्यावधिक दरका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न सकिने जनाएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














