काठमाडौं, १० मंसिर । काठमाडौंको नरदेवीस्थित श्री श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच जारी रहेको छ ।
नरदेवीको श्री श्वेतकाली घःछेबाट सुरु भएको उक्त देवी नाच आज तलेजु भवानी मन्दिर परिसरमा रहेको डबलीमा प्रदर्शन गरिएको हो । नाच सर्वसाधारणले अवलोकन गरेका थिए ।



यो नाच कुमारी घरअगाडिको डबली, नरदेवीलगायत काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरिन्छ । यस नाचमा अजिमा, कुमारी, कुमार, नारायणी, महालक्ष्मीलगायत महादेवसहित १९ देवीदेवताको सहभागिता रहने गर्दछ ।
आयोजकका अनुसार मंसिर ११ गतेदेखि हनुमानढोका दरबारस्थित नासलचोक डबलीमा १२ वर्षे देवी नाचको अन्तिम चरण तथा समापन पर्व सञ्चालन हुनेछ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














