न्युयोर्क । अमेरिकामा मुद्रास्फीति दर बढेर केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) को २ प्रतिशतको लक्ष्यभन्दा झन्डै दोब्बर पुगेको छ । अक्टोबर महिनामा मुद्रास्फीति बढेसँगै आगामी दिनमा ब्याजदर थप वृद्धि हुन सक्ने सङ्केत देखिएको छ ।
ब्युरो अफ इकोनोमिक एनालिसिसका अनुसार फेडले प्राथमिकता दिने व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकांकको वार्षिक वृद्धिदर अक्टोबरमा ३.८ प्रतिशत पुगेको छ । यो सेप्टेम्बरको तुलनामा ०.१ प्रतिशत विन्दुले बढी हो ।



अर्थविज्ञहरूले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर अझै बढाउनुपर्ने हुन सक्ने बताएका छन् । सेन्टर फर इकोनोमिक एन्ड पोलिसी रिसर्चका सहसंस्थापक डिन बेकरले मुद्रास्फीति निरन्तर बढिरहेकाले ब्याजदर वृद्धि हुने सम्भावना उच्च रहेको बताए ।
उनका अनुसार अमेरिकी भन्सार शुल्कमा सम्भावित वृद्धि र मध्यपूर्वको द्वन्द्वका कारण तेलको मूल्यमा देखिएको अनिश्चितताले मुद्रास्फीतिमा थप दबाब सिर्जना गर्न सक्छ ।
त्यस्तै, ब्रुकिङ्स इन्स्टिच्युसनका वरिष्ठ अनुसन्धानकर्ता ड्यारेल वेस्टले उच्च ब्याजदरले आवास ऋण महँगो बनाउने र सर्वसाधारणको घर खरिद गर्ने क्षमतामा असर पार्ने बताएका छन् ।
मुद्रास्फीतिलाई फेडको २ प्रतिशतको लक्ष्यमा झार्न ब्याजदर कति बढाउनुपर्ने हो भन्ने विषयमा भने अझै अनिश्चितता रहेको अर्थविज्ञहरूको भनाइ छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














