काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८८४ जना सवारी चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ११ गते बिहान ६ बजेसम्मको २४ घण्टाको अवधिमा ती चालकलाई कारबाही गरिएको हो।



कार्यालयको दैनिक विवरणअनुसार तोकिएको भन्दा तीव्र गतिमा सवारी चलाउने ११७ जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६४ जना चालक कारबाहीमा परेका छन्।
त्यस्तै, सिसिटिभी निगरानीमार्फत ट्राफिक नियम उल्लङ्घन गर्ने ४७ जना र ट्राफिक बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने ३९ जना चालकलाई कारबाही गरिएको छ।
यसैगरी, सवारीसाधनको अवस्था ठीक नराखी चलाउने ३४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १० जना तथा लेन अनुशासन उल्लङ्घन गर्ने ६ जना चालक कारबाहीमा परेका छन्।
उक्त अवधिमा एकतर्फी सडक (वान वे) उल्लङ्घन गर्ने कोही पनि कारबाहीमा परेका छैनन्। अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने ५६७ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न नियम पालना गर्न सबै चालकलाई आग्रह गरेको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














