इन्डोनेसिया । इन्डोनेसियाको जाभा प्रान्तमा लगातारको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।
खोज तथा उद्धार अधिकारीहरूका अनुसार बनजारनेगारा क्षेत्रमा गएको पहिरोमा परी चार जनाको ज्यान गएको हो। बेपत्ता दुई जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ।



यसैबीच, भारी वर्षा र माथिल्लो क्षेत्रबाट आएको पानीको बहावका कारण सिलाकाप क्षेत्रमा शनिबार नदीको तटबन्ध भत्किएको छ। त्यसपछि आएको बाढीले सयौँ घर डुबानमा परेका छन्।
प्रारम्भिक विवरणअनुसार बाढीबाट एक हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन्। प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरी भत्किएको तटबन्ध अस्थायी रूपमा बन्द गर्ने, बालुवाका बोरा राख्ने तथा खाद्यान्न वितरण गर्ने काम भइरहेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














