काठमाडौं, १३ मंसिर। झापाको बिर्तामोडबाट खैरो हेरोइन र १३ लाख रुपैयाँभन्दा बढी नगदसहित एक महिला पक्राउ परेकी छन्।

लागूऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिर्तामोड नगरपालिका–५ बाट उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ निवासी ३६ वर्षीया पार्वती राजवंशी रहेकी छन्।

प्रहरीका अनुसार उनको साथबाट १८.४८० ग्राम खैरो हेरोइन, लागूऔषध तौल गर्न प्रयोग हुने एक थान तराजु र १३ लाख ३९ हजार रुपैयाँ नगद बरामद गरिएको छ।

पक्राउ परेकी राजवंशीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनी, झापामा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ