१३ मङ्सिर, काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानमा सञ्चालन गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार काठमाडौंको ठमेल, गौशाला र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन विदेशी नागरिकसहित ६ जना पक्राउ परेका छन्। त्यस्तै, कैलालीको गोदावरी नगरपालिकाबाट तीन जना पक्राउ परेका छन्।

यसैगरी मोरङको बेलबारी नगरपालिका–३ मिरमिरे टोलबाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ बाट एक, झापाको बिर्तामोड नगरपालिका–५ बाट एक, सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट दुई र सिन्धुलीको दुधौली नगरपालिका–१० लभडाँडाबाट एक जना पक्राउ परेका छन्।

पक्राउ परेकाहरूको साथबाट लागुऔषध कोकिन, गाँजा र खैरो हेरोइनका साथै चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्पेन औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ