


काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–३ झुंगास्थित मदन भण्डारी राजमार्गमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
आइतबार दिउँसो करिब १ः१५ बजे काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २७८३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका–८ निवासी ४२ वर्षीय चालक मातृका भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका पाँचै जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याइएको थियो। उपचारका क्रममा दिउँसो २ः१५ बजे चिकित्सकले चालक भट्टराईलाई मृत घोषणा गरेका थिए। अन्य चार जनाको उपचार भइरहेको छ।
दुर्घटनामा मृतककी श्रीमती ३८ वर्षीया प्रमिला भट्टराई, ८ वर्षीय छोरा आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र १३ वर्षीय छोरा अतर्व भट्टराई घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














