काठमाडौँ । यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना परिचालन गर्ने भएको छ।

पाकिस्तानी सेनाले आइतबार विज्ञप्ति जारी गर्दै विद्यमान रक्षा सहकार्य सम्झौताअनुसार आफ्ना सैनिकले साउदी अरबको भूमिभित्र रहेर जिम्मेवारी निर्वाह गर्ने जनाएको छ। यद्यपि, सैनिकको सङ्ख्या, तैनाथीको अवधि र कार्यक्षेत्रबारे भने खुलाइएको छैन।

पाकिस्तानी सेनाले मक्का र मदिनास्थित इस्लामका दुई पवित्र मस्जिदको सुरक्षाप्रतिको प्रतिबद्धता पनि दोहोर्‍याएको छ। पछिल्लो सैनिक तैनाथीले क्षेत्रीय सुरक्षा चुनौतीका बीच साउदी अरबको रक्षात्मक क्षमता थप मजबुत बनाउने उसको भनाइ छ।

यसैबीच, इस्लामाबादमा दुई दिनअघि सम्पन्न तीन देशका रक्षा तथा सैन्य अधिकारीहरूको बैठकले साउदी अरबप्रतिको सामूहिक रक्षा प्रतिबद्धता दोहोर्‍याएको थियो। यसअघि रियादमा भएको बैठकमा सैन्य बल र उपकरण शीघ्र परिचालन गर्ने व्यवस्थासहित रक्षा सम्झौता कार्यान्वयन गर्ने सहमति भएको थियो।

साउदी अरब, पाकिस्तान र टर्कीले गत अगस्ट ७ मा संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार कुनै एक सदस्य राष्ट्रमाथि आक्रमण भए तीनवटै राष्ट्रमाथि आक्रमण भएको मानिनेछ।

तीनै देशले उक्त सम्झौता कुनै विशेष मुलुकविरुद्ध लक्षित नरहेको स्पष्ट पार्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ