१० मंसिर, काठमाडौं । जापान सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गत विश्वभाषा क्याम्पसको जापानी भाषा विभागका चारवटा कक्षाकोठा पुनर्निर्माण गरी शैक्षिक उपकरण हस्तान्तरण गरेको छ ।
जापान सरकारले कक्षाकोठामा स्मार्टबोर्ड र फर्निचर जडान गर्नुका साथै अन्य आवश्यक शैक्षिक उपकरणसमेत उपलब्ध गराएको हो । उक्त उपकरण नेपालका लागि जापानका राजदूत मेइदा तोरुले विश्वभाषा क्याम्पसका क्याम्पस प्रमुख डा. महेन्द्रकुमार बुढाथोकीलाई हस्तान्तरण गरेका हुन् ।



हस्तान्तरण कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले जापान सरकारले लामो समयदेखि त्रिभुवन विश्वविद्यालयलगायत नेपालको उच्च शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको बताए ।
राजदूत तोरुले नवनिर्मित कक्षाकोठा र शैक्षिक उपकरणले जापानी भाषा अध्ययन गर्ने विद्यार्थीहरूको सिकाइमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
उनले जापानमा हाल ३ लाख ५० हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको उल्लेख गर्दै नेपालीहरूमा जापानी भाषा र संस्कृतिप्रतिको आकर्षण बढ्दै गएको बताए । जापानी भाषाको ज्ञानका कारण नेपालीहरूले विभिन्न अवसरसमेत प्राप्त गरिरहेको उनको भनाइ थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














