डोटी । डोटीमा प्रहरीले ७ किलो ८५ ग्राम लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–५ जाफ्रीका २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओमजंगबहादुर कडायत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उनीहरूलाई जोरायल गाउँपालिका–२ स्थित बुडर मिलचौराह नजिकै बुडर–जोगबुढा भित्री सडकबाट पक्राउ गरिएको हो।



प्रहरीले वीरेन्द्रले चलाएको मोटरसाइकलमा पछाडि सवार ओमजंगले बोकेको झोलामा लुकाएर राखिएको अवस्थामा चरेस बरामद गरेको जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बुडरको संयुक्त टोलीले शंकाका आधारमा जाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














