काठमाडौँ । स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन ‘समृद्धिका लागि नागरिक शक्ति निर्माण अभियान’ले माग गरेको छ ।

अभियानले गैरदलीय निर्वाचन प्रणाली लागू भएमा स्थानीय सरकार नागरिकप्रति उत्तरदायी बन्ने र विकास निर्माणका काम प्रभावकारी हुने जनाएको छ ।

पत्रकार सम्मेलनमा सामाजिक अभियन्ता तथा नेपाली सेनाका पूर्वउपरथी बाबुराम श्रेष्ठले स्थानीय सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउन गैरदलीय निर्वाचन आवश्यक रहेको बताए ।

त्यस्तै, कानुनविद् तथा लेखक डा. युवराज संग्रौलाले स्थानीय तहमा दलीय प्रभाव अन्त्य गर्न गैरदलीय निर्वाचन आवश्यक रहेको धारणा राखे । उनले स्थानीय स्रोत र बजेट उत्पादनशील क्षेत्रमा खर्च गर्नुपर्नेमा भ्युटावरजस्ता अनुत्पादक संरचनामा खर्च भइरहेको टिप्पणी गरे ।

अभियानले दलीय प्रतिस्पर्धाका कारण स्थानीय तहमा राजनीतिक एकाधिकार, भ्रष्टाचार, पक्षपात र स्रोतसाधनको दुरुपयोग बढेको आरोप लगाएको छ ।

आगामी स्थानीय तहको निर्वाचनअघि नै गैरदलीय निर्वाचन प्रणाली लागू गर्न संविधान र कानुनमा आवश्यक संशोधन गर्नसमेत अभियानले सरकारसँग माग गरेको छ ।अभियानले गैरदलीय निर्वाचन प्रणाली लागू भएमा स्थानीय सरकार नागरिकप्रति उत्तरदायी बन्ने र विकास निर्माणका काम प्रभावकारी हुने जनाएको छ ।

पत्रकार सम्मेलनमा सामाजिक अभियन्ता तथा नेपाली सेनाका पूर्वउपरथी बाबुराम श्रेष्ठले स्थानीय सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउन गैरदलीय निर्वाचन आवश्यक रहेको बताए ।

त्यस्तै, कानुनविद् तथा लेखक डा. युवराज संग्रौलाले स्थानीय तहमा दलीय प्रभाव अन्त्य गर्न गैरदलीय निर्वाचन आवश्यक रहेको धारणा राखे । उनले स्थानीय स्रोत र बजेट उत्पादनशील क्षेत्रमा खर्च गर्नुपर्नेमा भ्युटावरजस्ता अनुत्पादक संरचनामा खर्च भइरहेको टिप्पणी गरे ।

अभियानले दलीय प्रतिस्पर्धाका कारण स्थानीय तहमा राजनीतिक एकाधिकार, भ्रष्टाचार, पक्षपात र स्रोतसाधनको दुरुपयोग बढेको आरोप लगाएको छ ।

आगामी स्थानीय तहको निर्वाचनअघि नै गैरदलीय निर्वाचन प्रणाली लागू गर्न संविधान र कानुनमा आवश्यक संशोधन गर्नसमेत अभियानले सरकारसँग माग गरेको छ ।
अभियानले गैरदलीय निर्वाचन प्रणाली लागू भएमा स्थानीय सरकार नागरिकप्रति उत्तरदायी बन्ने र विकास निर्माणका काम प्रभावकारी हुने जनाएको छ ।

पत्रकार सम्मेलनमा सामाजिक अभियन्ता तथा नेपाली सेनाका पूर्वउपरथी बाबुराम श्रेष्ठले स्थानीय सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउन गैरदलीय निर्वाचन आवश्यक रहेको बताए ।

त्यस्तै, कानुनविद् तथा लेखक डा. युवराज संग्रौलाले स्थानीय तहमा दलीय प्रभाव अन्त्य गर्न गैरदलीय निर्वाचन आवश्यक रहेको धारणा राखे । उनले स्थानीय स्रोत र बजेट उत्पादनशील क्षेत्रमा खर्च गर्नुपर्नेमा भ्युटावरजस्ता अनुत्पादक संरचनामा खर्च भइरहेको टिप्पणी गरे ।

अभियानले दलीय प्रतिस्पर्धाका कारण स्थानीय तहमा राजनीतिक एकाधिकार, भ्रष्टाचार, पक्षपात र स्रोतसाधनको दुरुपयोग बढेको आरोप लगाएको छ ।

आगामी स्थानीय तहको निर्वाचनअघि नै गैरदलीय निर्वाचन प्रणाली लागू गर्न संविधान र कानुनमा आवश्यक संशोधन गर्नसमेत अभियानले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ