काठमाडौं, ११ मंसिर। जिल्ला प्रशासन कार्यालय काठमाडौं परिसरबाट सेवाग्राहीलाई दुःख तथा हैरानी दिएको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको जनगुनासोपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो।



पक्राउ पर्नेमा कमल खड्का, गोपालबहादुर बिष्ट, देवप्रसाद अर्याल, नरेन्द्रप्रसाद भण्डारी, ओमशरण राना मगर, रमेशप्रसाद पुडासैनी र स्वयमकृष्ण निरौला रहेका छन्।
प्रहरीका अनुसार उनीहरू विभिन्न जिल्लाका स्थायी बासिन्दा हुन् र हाल काठमाडौं तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका थिए।
पक्राउ परेका सातै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














