काठमाडौँ । होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका सुकुमबासीलाई ठाउँ खाली गर्न दिइएको निर्देशनको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ ।

नागरिक समाजको एक समूहले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले सरकारविरोधी प्लेकार्ड प्रदर्शन गर्दै सरकारको निर्देशनप्रति असन्तुष्टि जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै मङ्सिर ११ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएका थिए । उक्त निर्देशनको विरोधमा प्रदर्शनकारीहरू माइतीघरमा भेला भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ