काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आजदेखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

प्राधिकरणका अनुसार आज मंसिर १२ गते आलोकनगर मार्ग, नापी विभाग क्षेत्र र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। यस्तै, मंसिर १३ गते शंखमूल मार्ग, एभरेष्ट हस्पिटल र मुक्ति टावर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ।

वितरण प्रणाली भूमिगत गर्ने क्रममा केबल चार्ज, स्ट्रक्चर फिटिङ तथा जडानसम्बन्धी प्राविधिक काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।931795222_1184322134551090_4806142402458150644_n

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ